+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जिभ्रो फेर्दै हिँड्नेको पछि लाग्दिनँ: रेखा थापा

 आरपी सुवेदी आरपी सुवेदी
२०७३ पुष २० गते ११:४८

rekha-thapa

२० पुस, नेपालगन्ज । चर्चित अभिनेत्री रेखा थापाले जिभ्रो फेर्दै हिँड्ने पार्टीको पछि लाग्नुको अर्थ नदेखेर आफूले पछिल्लो समय पार्टी परिवर्तन गरेको बताएकी छिन् । उनले माओवादीतर्फ इंगित गर्दै आफैंले उठाएको एजेण्डालाई कार्यान्वयन नगर्ने पार्टीमा भन्दा कमल थापा नेतृत्वको राप्रपामा भविष्य देखेको बताइन् ।

‘देश र जनताको मुक्तिको लागि हिजोको परिवर्तनकारी शक्ति माओवादी नजिक रहेकी थिएँ,’ नेपालगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘त्यसले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्र राजनीति गर्दै आएको महसुस भएपछि छाडेकी हुँ ।’

आफू राप्रपामा प्रवेश गर्दैमा त्यसलाई हाउगुजी बनाएको देखेर अचम्म लागेको उनले प्रतिक्रिया दिइन् । कुनै पनि राजनीतिक दल चयन गर्ने आफ्नो अधिकार भएको भन्दै उनले विदेशमा कलाकारहरु पार्टीमा लाग्दा यतिविघ्न चर्चा नहुने कुरा स्मरण समेत गराइन् ।

रेखाले नयाँ नेपाल बनाउँछु भन्नेहरुले जनतालाई गुमराहमा राखेकोले पनि आफूलाई पुरानै नेपाल र पुरानै व्यवस्था मनपर्ने उनको भनाइ थियो । त्यस क्रममा पूरा नेपालीवाद भएको पार्टीको झण्डा बोकेको उनले बताइन् ।

जनताको मुक्तिको लागि आफू राजनीतिमा होमिएको बताउँदै उनले अब परिपक्व नागरिकको हैसियतले राजनीति गर्ने दाबी समेत गरिन् । राप्रपाले आज आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न रेखा नेपालगन्ज पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?