Comments Add Comment

संसदमा २४ गते उठ्ने कि बस्ने ? ओली भन्छन्- जबर्जस्तीको जवाफ कडा हुनसक्छ

kp-oli

२१ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयक फिर्ता नलिए अबको व्यवस्थापिका संसद बैठक पनि अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले संसदमा दर्ता भएको संशोधन विधेयक सर्वोच्चको पछिल्लो आदेशपछि पनि अघि बढाउनै नमिल्ने दाबी गरे । सर्वोच्चको आदेशले एमालेको अडान पुष्टि गरेको भन्दै ओलीले संशोधन प्रस्ताव फिर्ता लिनु नै अनुकूल बाटो भएको बताए ।

२४ गतेको बैठकमा तपाईहरु उठ्नु हुन्छ कि बस्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ओलीले आफूहरुले कहिल्यै पनि संसद अवरुद्ध गर्न नचाहेको बताए । अब सर्वोच्चले नै यो संशोधन अघि बढाउन नमिल्ने भनेपछि उठिरहनु आवश्यक नहुने भन्दै उनले भने, ‘जबरजस्ती गर्‍यो भने के गर्ने भन्ने प्रश्न होला, जबरजस्तीको जवाफ कडा हुनसक्छ ।’

मुद्दा आफूहरुले नहालेको र मुद्दाको विषय संसद अवरुद्ध गर्न मिल्छ कि मल्दैन भन्ने नभएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले संसदमा दर्ता भएको संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment