+
+
Shares

फ्रेस फेसः मलाई त रुन आउँछ भन्दै रोइन् साहारा'(भिडियो कुराकानी)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १७:५१

sahara-karki
नेपाली चलचित्र क्षेत्रलाई सानैदेखि नजिकबाट नियाल्दै आएकी साहारा कार्की अब ठूलो पर्दाको नायिका बनेकी छिन् । १२ बर्ष अगाडि अमेरिका पुगेपनि उनको मनमा भने नेपाली चलचित्रले गहिरो छाप छोड्यो । सोहि, सपना पुरा गर्नका लागि साहाराले चलचित्र ‘दर्पण छाया २’मा अभिनय गरेकी छिन् ।

साहारासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


तुलसी घिमिरे जस्ता निर्देशकसँग काम गर्न पाउनु नै आफ्ना लागि ठूलो कुरा भएको बताउने साहारा, मनमा चाहना भएपछि जहाँ बसेपनि पुरा गर्न सकिने बताउँछिन् ।

उनलाई हरेक प्रकारका अभिनय गर्न मन छ । नायिका, स्टार भन्दा पनि कलाकार बन्न मन लागेको बताउने साहारा कलाकार निर शाहँसग पर्दा शेयर गर्न मन लागेको सुनाउँछिन् । नायक आर्यन सिग्देलको अभिनय उनलाई विशेष मनपर्छ ।

अमेरिका बसेकाले आफूलाई नेपाली बोल्न केहि गाह्रो भएको उनले बताइन् । डबिङमा गाह्रो भएन भन्ने प्रश्नमा उनले भनिन्-‘त्यसको त कुरै नगर्नु न । निर्देशक ज्यूले पनि तिम्रो नेपाली त भन्नु भएको थियो ।’ तर, पनि आफूले सकेको मिहिनेत गरेको उनको भनाई छ ।’

तपाइलाई अभिनयमा सबैभन्दा सजिलो के लाग्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई त रुन आउँछ’ । यति भन्दै अनलाइनखबरको क्यामेरा अगाडि नै साहारा रोइन् ।

‘दर्पण छाया २’का कलाकारसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?