Comments Add Comment

नेप्से ‘साइडवेज मुभमेन्ट’ मा, सोमवार दोहोरो अंकको वृद्धि

chart-8
२५ पुस, काठमाडौं । नेप्सेमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको छ । बजार खुल्दा १४४७ मा रहेको नेप्से १० अंकले बढेर १४५८ मा आइपुगेको छ ।
यस दिन बीमा कम्पनीहरुको मूल्यमा भएको वृद्धिले बजार बढ्न टेवाको काम गरेको छ । नेपाल लाइफ, लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य उच्चले बढेको छ । यो समूह सुचकमा पनि २ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । कम मूल्यमा कारोबार भइरहेका र चुक्ता पुँजी वृद्धि गर्दा पर्याप्त बोनस वा हकप्रद पाइन सकिने किसिमका वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको छ । यी कम्पनीको मूल्य बढेपछि बजारमा सुधार देखिएको हो ।
यता बजार बढेपनि लगानी भने बढेको छैन् । यस दिन मात्रै २६ करोड रुपैयाँको कारोबार भएको छ ।

सेती फाइनान्सको ९ प्रतिशत बोनस

सेती फाइनान्सको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुँन बाँकी छ । कम्पनीको सेयर मूल्य भने ४ रुपैयाँ घटेर २ सय १७ मा सेयर किनबेच भयो ।

‘कप विथ ह्याण्डल’ जस्तै झुक्काउँने आकृती

chart-7
बजारमा पुस ७ गते यता नेप्सेको रेखा चित्रले ‘कप विथ ह्याण्डल’ आकृती जस्तै बनाएको छ । तर, यो आकृती निर्माण हुँन २ साता पनि नलागेकोले त्यही आकृती मान्न मिल्ने अवस्था भने छैन् । यस्तो आकृतीमा ‘कप’ निर्माण हुन कम्तिमा पनि ६ हप्ता अवधि चाहिने र ह्याण्डल दुई हप्ताको अवधि मै बनिसक्नुपर्ने मानिन्छ । ह्याण्डल निर्माण भएर कपको बिटभन्दा माथी लाग्न थालेमा बजार बढ्न सक्ने र ब्रेक आउट भएको मानिन्छ । त्यस्तै कप आकारको गहिराई बनाउँदा गुमाएको अंक ब्रेक आउटको तहमा जोडेर हेर्दा आगामी लक्ष्य (वृद्धि) पत्ता लाग्ने मानिन्छ ।

तर बजार पछिल्ला दिनमा साइडवेज मुभमेन्ट (थोरै अंकको घटबढ)मा भने देखिएको छ । यो अवस्था टुगिंसकेको जस्तो भने देखिदैन् । यो अवस्था बढेर टुगिंएमा बजार वृद्धि हुने र घटेर टुंगिएमा थप केही घट्ने प्रक्षेपण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment