Comments Add Comment

कहाँ हराइन् सलमानकी ‘जुडवा हिरोइन’ रम्भा ?

salman-and-rambaसन् १९९७ मा रिलिज भएको सलमान खान अभिनित फिल्म जुडवा हेरेका धेरै दर्शकहरुले सो फिल्मकी हिराइन रम्भालाई बिर्सिसके होला । सलमानले अझै बलिउडमा हंगामा मच्चाइरहेको बेला उनकी जोडी रम्भा भने गुमनाम छिन् ।

१७ वटा बलिउड तथा १०० भन्दा बढि दक्षिण भारतीय फिल्ममा अभिनय गरेकी रम्भालाई अहिले देख्नेले चिन्न गाह्रो पर्छ । उनी निकै बदलिएकी छिन् । पछिल्ला दिनमा ग्ल्यामरको दुनियाबाट टाढा रहेर आफ्ना दुई छोरीहरुलाई हुर्काउन व्यस्त रहेकी छिन् रम्भा ।

उमेरले उनी ४० वर्ष पुगिन् । १६ वर्षको कलिलो उमेरमा नै उनले फिल्ममा डेब्यू गरेकी थिइन् । मलयालम फिल्म सरगमबाट उनले फिल्ममा कदम राखेकी थिइन् । बलिउडमा उनको पहिलो फिल्म जल्लाद थियो जुन १९९५ मा रिलिज भएको थियो । त्यसपछि उनले दानबीर जंग, कहर, जुडवा, सजना, घरवाली बाहरवाली, बन्धन, मै तेरे प्यारमे पागल, क्रोध, बेटी नम्बर वान, दिलही दिलमे लगायत कयौं फिल्ममा काम गरिन् ।

रम्भाले सलमान खानका अलावा रजनीकान्त, गोविन्दा अक्षय कुमार, अजय देवगन, मिथुन चक्रवर्ति जस्ता सुपरस्टारहरुसँग पेयरअप गरिसकेकी छिन् । मलयालम फिल्म फिल्मस्टारमा अभिनय गरेदेखि यता उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् । फिल्मबाट टाढिएपछि रम्भाले २०१० मा व्यापारी इन्द्राण पद्मनाथनसँग बिहे गरेकी थिइन् । २०११ मा उनले ठूली छोरी लान्या र २०१५ मा कान्छी छोरी साशालाई जन्म दिइन् । उनी सामाजिक सञ्जालमा फेसबुक र इन्टाग्राममा आफ्ना पारिवारिक तस्बिरहरु सेयर गर्ने गर्छिन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment