Comments Add Comment

सानिमा बैंकको नाफा ५४ प्रतिशत वृद्धि, मुख्य व्यवसायले बढायो नाफा

untitled
११ माघ, काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा सानिमा बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ४० करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ६२ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर १ अर्ब ९ करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि ४४ प्रतिशतले बढेर ३१ करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेका २२ लाख रुपैयाँ मात्र फिर्ता ल्याएको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको करिब १७.४९ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको करिब ४८ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बैंकहरुको ६५ प्रतिशतसम्म सम्म लगानी भएकोमा चिन्ता व्यक्त गरेको थियो ।

बैंकले निक्षेप संकलन ३२ प्रतिशत र कर्जा लगानी ४० प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अझै १.३८ प्रतिशत बराबर छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.२२ प्रतिशत छ । खराब कर्जा अनुपात ०.१ प्रतिशत, पुँजी कोष लागत ४.०९ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२, प्रतिसेयर नटवर्थ १ सय २६ रुपैयाँ, सेयरमा प्रतिफल १८ रुपैयाँ र प्रतिसेयर कुलसम्पत्तीको मूल्य १ हजार १ सय ६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment