Comments Add Comment

चीनमा नोकिया ६ को फ्ल्यास सेलः केही मिनेटमै रित्तियो स्टक

nokia-6

स्मार्ट फोनको बजारमा नोकियाले सानदार पुनरागमन गरेको छ । नोकियाको पहिलो स्मार्ट फोन नोकिया ६ चीनमा आयोजित ‘फ्ल्यास सेल’मा केही मिनेटभित्रै ‘आउट अफ स्टक’ भयो ।

आधिकारिक विक्रेता जेडी डट कमले नोकियाको नयाँ स्मार्टफोनको माग थाम्नै सकेन । फ्ल्यास सेलमा फोन खरिदका लागि १० लाखले नाम दर्ता गरेका थिए । त्यसममध्ये कतिले यो सेट खरिद गरे भन्ने सार्वजनिक गरिएको छैन । चीनभन्दा बाहिर सेट लैजान विक्रेतालाई अनुमति थिएन । यसलाई अमेरिकी बजारमा विक्री गरिएको छैन र भविष्यमा गर्ने-नगर्ने एकिन पनि छैन ।

बजार मूल्य २४५ डलर रहेको यो फोनमा ६४ जिबि इन्टरनल मेमोरी रहेको छ भने १६ मेगापि्रक्सेलको ब्याक क्यामरा तथा ८ मेगापि्रक्सेलको सेल्फी र भिडियो च्याट क्यामरा रहेको छ । फिनिस कम्पनीले आउँदो मोबाइल वल्र्ड कंग्रेसमा थप ७ वटा सेट सार्वजनिक गर्ने योजना बनाएको छ । यसको पि१ १२८ जिबि मोडल कम्तिमा ८ सय डलरमा बेचिने अनुमान छ भने २५६ जिवि भर्सनको मूल्य ९५० डलरको हाराहारीमा रहनेछ ।

‘हाम्रो ब्रान्ड सरलता, प्रयोग गर्न सलिो, भरपर्दो र गुणस्तरीयताका लागि चिनिन्छ । यी सबै विशेषताहरुलाई एकिकृत गरेर उत्कृष्ट औद्योगिक डिजाइनमा नयाँ फोन ल्याउनेछौ,’ नोकियाका सिइओ अर्टो नुम्मेलाले भने ।

सन् २०१३ मा नोकियाले आफ्नो मोबाइल डिभिजन माइक्रोसफ्टलाई करिब सात अर्ब २० करोड डलरमा विक्री गरेको थियो । सन् २०१६ को अन्त्इसम्म नोकियाले आफ्नो ब्राण्डको नाम ह्यान्डसेटमा प्रयोग गर्न सक्दैनथ्यो ।

अघिल्लो चौमासिकमा फोनको आम्दानी ४६ प्रतिशतले घटेपछि माइक्रोसफ्टले एचएमडी ग्लोबल र फक्सकोनलाई ३५ करोड डलरमा नोकिया ब्राण्ड विक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment