+
+
Shares

सोसाइटल सहकारी समस्याग्रस्त

रासस रासस
२०७५ चैत ६ गते १८:०८

६ चैत, काठमाडौं । सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो ।

सो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनअनुसार गठित समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिलाई तोकिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

उक्त सहकारी विसं २०५६ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?