Comments Add Comment

मधेसी मोर्चालाई प्रधानमन्त्रीको आश्वासनः सहमतिमै चुनाव घोषणा गर्छु

nc-mao-and-morcha

११ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चालाई उनीहरुको सहमतिमा मात्र चुनावको मिति घोषणा गर्ने आश्वासन दिएका छन् ।

माघ १५ गतेभित्र चुनावको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकमा मधेसी मोर्चाका नेताहरुले चुनावको मिति घोषणाबारे तीन दलबीच भएको सहमतिबारे चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहमतिमा मात्र चुनावको मिति घोषणा हुने बताएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पास गराउने भन्दै चुनावको मिति घोषणामा सहमति मागेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा आफूहरुको असहमति रहेको र संविघान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment