Comments Add Comment

स्थानीय निकायको निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित

Vote
१२ माघ, काठमाडौं । व्यवस्थापिका संसदले स्थानीय निकायको निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित गरेको छ । संसदको बुधबार बसेको बैठकले ‘मतदाता नामावली सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७३’ र ‘निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७३’ सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पेश गर्नुभएका दुवै विधेयक सर्वसम्मतीले पारित भएका हुन् । संसदको राज्य व्यवस्था समितिले निर्वाचनका लागि पेश भएका विभिन्न पाँचवटा विधेयकमध्ये दुई वटालाई टुंगो लगाएर मंगलबार संसदमा पेश गरेको थियो ।

यस्तै समितिमा ‘स्थानीय तहको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७३’, ‘राजनीतिक दल सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७३’ र ‘निर्वाचन कसुर तथा सजाय सम्बन्धी प्रचलित कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७३’ छलफलका क्रममा रहेका छन् ।

समितिले नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठन गरेको उपसमितिले बाँकी रहेका विधेयकमाथि छलफल गरेर प्रतिवेदन पेश गरेपछि समितिमा छलफल हुने बताइएको छ । संसदको अर्को बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment