माइकल ज्याक्सनकी छोरी पेरिस माइकल केथेरिन ज्याक्सनले खुलासा गरेकी छिन्, ‘म सानैदेखि एक अपरिचित ब्यक्तिबाट यौन उत्पिडन भोग्दै आएकी थिएँ ।’ चर्चित म्यागजिनमा अन्र्तबार्ता दिदै पेरिसले आफु लागुऔषधको दूब्र्यसनमा फसेको र डिप्रेसनको सिकार भएको समेत खुलाएकी छिन् ।
‘जतिबेला म १४ बर्षकी थिएँ, त्यहि समयमा मैले यौन उत्पिडन भोगें’ पेरिसले भनेकी छिन्, ‘बुवाको मृत्युपछि मैले पटक पटक आत्माहत्याको प्रयास समेत गरेकी थिएँ ।’ उनको जन्म ३ अप्रिल १९९८ मा भएको हो ।
आफैलाई काटें
पेरिसले अन्र्तबार्ताका क्रममा भनेकी छिन्, ‘मैले स्वंमलाई फिजिकली हर्ट गरें, काटें । मेरो आत्माबिश्वास पुरै गुमिसकेको थियो ।’ आफुले गरेको कुनैपनि काम उनलाई सहि लाग्दैनथ्यो । र, ति सबै कुरा उनले आफ्नो परिवारबाट लुकाउनु परेको तितो पोखेकी छिन् ।
बावाको हत्या भयो
माइकल ज्याक्सनको मृत्यु अझैपनि रहस्यमै छ । उनी मारे वा मारिए ? कसरी मरे ? किन मरे ? यावत् प्रश्नको उत्तर अझै फेला परेको छैन । यसैबीच पेरिसले दावी गरेकी छिन्, ‘मेरो बुवाको मृत्यु स्वभाविक होइन । यो हत्या थियो ।’ सन् २००९ मा माइकल ज्याक्सनको हतया भएको उनको जिकिर छ । उक्त हत्या दोष डाक्टर कौनराडा म्युरेमाथि थोपरेकी छिन् ।
प्रतिक्रिया 4