Comments Add Comment

४३ वर्षमा मलाइकाको हट अवतार

सलमान खानकी बुहारी तथा बलिउडकी आइटम गर्ल मलाइका अरोरा खान उमेरले ४३ वर्ष लागिन् । तर यो उमेरमा पनि उनी त्यत्तिकै हट छिन् ।

मलाइकाले हालै इन्टाग्राममा आफ्नो विकिनी पोजका तस्बिरहरु सेयर गरेकी छन् जसमा उनी कुनै २१ वर्षकी युवतीभन्दा कम देखिन्नन् । समुद्री किनारामा बोल्ड अवतारमा खिचिएका तस्बिरहरु पोष्ट गर्दै मलाइकाले लेखेकी छिन्, मिडल अफ नो ह्वेर । केही दिन पहिले पनि उनले यही ठाउाको फोटो सेयर गर्दै लेखेकी थिइन्- मलाई फेरि स्वर्गमा लगिदेउ !

सलमानका भाई अरवाज खानकी पत्नी हुन् मलाइका । यद्यपि यो जोडीको विवाहह टुटेको खबर लामो समयदेखि मिडियामा छाइरहेको छ । गत नोभेम्बर महिनामा मलाइका-अरवाजले सम्वन्धविच्छेदका लागि निवेदन दिइसकेका छन् ।

उनीहरुको विवाह १९९८ मा भएको थियो । उनीहरुबाट एक छोरा अरहान खान पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment