Comments Add Comment

हेर्नुहोस् त खादा र माला ! ‘पोखरा घोषणापत्र’ ले छोएन सुवास नेम्वाङलाई

कागजमै सीमित भयो तडक-भडक नगर्ने एमालेको प्रतिवद्धता

१५ माघ, बिराटनगर । नेकपा एमालेले यसै साता पोखरामा सम्पन्न जबस मोर्चाको भेलाबाट २० बुँदे घोषणापत्र जारी गर्‍यो । सो घोषणापत्रको चौथो बुँदामा अनावश्यक तडक-भडक नगर्ने र खादा तथा मालामा फजुल खर्च नगर्ने भनिएको छ ।

तर, इटहरीमा आयोजना गरिएको एक कायर्कक्रममा सहभागी हुने क्रममा शनिबार बिहानै बिराटनगर विमानस्थलमा ओर्लिएका एमाले नेता सुवास नेम्वाङको तडक-भडक देख्दा पोखरा घोषणा पत्र कागजमै सीमित हुने संकेत देखिएको छ ।

करिब एक दर्जन अगुवा-पछुवासहित विमानस्थलमा देखा परेका नेम्वाङले गलाभरि खादा र यसपत्री फूलको माला पहिरिएका छन् ।

एमालेको पोखरा भेलामा नेताहरुले अबदेखि यसरी अनावश्यकरुपमा माला र खादा पहिरिने प्रतिवद्धता जनाउँदै ताली ठोकेका थिए ।

पोखरा भेलामा सहभागी केही नेताहरुले एयरपोर्टमा यसरी माला लगाउने फूलसमेत भारतबाट आयातीत हुने गरेको भन्दै भारतीय माला लगाएर नेताको सम्मान गर्ने परम्परा तोड्नुपर्ने बताएका थिए ।

तर, पोखरा भेलाको निर्णयको मसी सुक्न नपाउँदै नेताहरु पुरानै ढर्रामा विमानस्थलमा देखा पर्न थालेका छन् ।

बहालवाला सभामुख पनि के कम !

शनिबार बिराटनगर विमानस्थलमा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङसँगै जस्तो समय पारेर सभामुख ओनसरी घर्ती पनि देखा परिन् । पूर्वसभामुखको त त्यस्तो तडक-भडक देखियो भने बहालवालाले पनि देखाउनै पर्‍यो ।

अगुवा-पछुवासहित विमानस्थलमा देखा परेकी सभामुख घर्तीले पनि खादा लगाइन् । तर, उनलाई भने सयपत्रीको माला लगाउनुको साटो अन्तर महिला सञ्जालको तर्फबाट ज्ञापनपत्रले स्वागत गरियो ।

स्थानीय निकायमा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख मध्ये एकमा महिलालाई अनिवार्य उम्मेद्वार बनाउने व्यवस्था गरिनुपर्ने माग गर्दै सभामुख घर्तीलाई मोरङको महिला सञ्जालले विमानस्थलमै ज्ञापनपत्र बुझायो । ज्ञापनपत्रका अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिला थापा र सचिव लता न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सभामुख ओनसरी जिल्लाको उत्तरी भेगमा पर्ने लेटाङमा आयोजित एउटा जातीय संगठनको सम्मेलन उदघाटन गर्न बिराटनगर उत्रेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment