Comments Add Comment

फ्रान्सकी आइरिसले जितिन् मिस युनिभर्सको उपाधि

फ्रान्सकी आइरिस मित्तेनायरले मिस युनिभर्सको उपाधि जितेकी छिन् । फिलिपिन्सको राजधानी मनिलामा आइतबार आयोजित मिस युनिभर्समा उनले ८६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि रक्षा गरेकी हुन् । हिजो सम्पन्न प्रतियोगिताको छिनोफानो भने आज सोमबार भएको हो ।

मिस युनिभर्सको ताज जित्ने उनी ५६ औं प्रतियोगी हुन् । यसअघि पिया वुट्सबाखले मिस युनिभर्स जितेकी थिइन् । यसपाली पूर्व मिस युनिभर्स पियाले आइरिसलाई ताज पहिर्‍याइदिएकी हुन् ।

प्रतियोगिता हेर्न मल अफ एशियाको प्राङगण भरिभराउ थियो । भव्य समारोहबीच चलेको प्रतियोगितामा सहभागीले स्विमसुट, इभिनिङ गाउनमा क्याटवक गर्नुका साथै आफ्नो मुलुकको मौलिक पहिरन प्रस्तुती दिएका थिए ।

२३ बषिर्य उनी दन्त चिकित्सक हुन् । उनी पाककलामा समेत निपूर्ण छिन् ।

प्रतियोगितामा फष्ट रनरअप मिस हाइटी र सेकेन्ड रनरअप मिस कोलम्बियाले हात पारिन् । फस्ट रनरअप बिजेता २५ बषिर्य राकेल पेलिसीयर २०१० को विनासकारी भूकम्पमा बचेकी थिइन् । भूकम्पले उनको गृहनगर सोत्तर बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment