Comments Add Comment

वायुसेवा निगमले ल्यायो अर्को चिनियाँ विमान, दुर्गम रुटमा उडान भर्ने

१९ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ विमान वाइ १२ इ बुधबार काठमाडौं अवतरण भएको छ ।

नेपाल वायु सेवा निगमका सहायक प्रवक्ता शैलेश कंसकारका अनुसार यो बिमान साढे चार बजे त्रिभुवन बिमानस्थमाल अवतरण भएको हो । विमानलाई नेदरल्याण्डका नागरिकहरु क्याप्टेन रोबर्टस भरबोंक र सहायक पाइलट मार्क अबोनचुरले चिनबाट नेपालमा ल्याएका हुन् ।

उनका अनुसार दुई पाइलटले अहिले अमेरिकन कम्पनीमा काम गरिरहेका छन् । बुधबार उनिहरुल चीनको कुन्मिङ्बाट उडान भरेका थिए । विमान म्यानमार, कलकत्ता हुँदै काठमाडौं आएको थियो ।

वायुसेवा निगमले बिहिबार मात्रै चिनबाट एमए ६० विमान काठमाडौंमा ल्याएको थियो ।

एम एम ६० ले अहिले धनगढी, नेपालगन्ज, भैरहवा, भऽपुर, विराटनगर क्षेत्रमा उडान भर्दै आएको छ ।

बुधबार थपिएको जहाजले भने काठमाडौं, विराटनगर, नेपालगञ्ज र पोखराबाट दुर्गम रुटमा उडान गर्ने भएको छ ।

‘एम ए ६० र वाइ १२ इ प्रायसँगै काठमाडौं हुँदैनन् । एउटा काठमाडौं भयो भने अर्को नेपालगञ्जमा हुन्छ, कंसकारले भने, ‘आज आएको जहाज दुर्गम भेग र उच्च स्थानको उडान भर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment