Comments Add Comment

कृषि तथा वन विश्वविद्यालयमा भिडियो कन्फ्रेन्सद्वारा अध्यापन शुरु

२० माघ, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक भिडियो कन्फ्रेन्सद्वारा विद्यार्थीहरुलाई अध्यापन गराउन थालिएको छ ।

विश्वविद्यालयलाई प्रविधिकरण गर्दै लैजाने योजना अनुरुप पहिलोपटक विश्वविद्यालयले भिडियो कन्फ्रेन्सको माध्यमबाट पढाउन सुरु गरिएको हो ।

पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य संकाय अन्तर्गत अध्ययरनत विद्यार्थीहरुलाई क्यानडामा रहेको युनिभर्सिटी अफ पिन्सेस् इडवाड विश्वविद्यालयका प्राध्यापक कृष्ण ठाकुरले भिडियो कन्फ्रेन्सका माध्यमबाट पढाएका छन् ।

५० जना विद्यार्थी राखेर पढाउन मिल्ने व्यवस्था गरिएको छ । सो अवसरमा विद्यार्थीहरुले आफूले नबुझेका बिषयमा प्राध्यापक ठाकुरसँग अन्तर्क्रिया समेत गरेका थिए । एआइपी प्रोजेक्ट अन्तर्गत विश्वविद्यालयले ५ स्थानमा भिडियो कन्फ्रेन्सबाट अध्ययन अध्यापन गराउने व्यवस्था मिलाएको विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले जानकारी दिए ।

विश्वविद्यालयले पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य संकाय, कृषि संकाय रामपुर, बन संकाय हेटौडा र आंगिक क्याम्पस पुरनचौर कास्कीमा भिडियो कन्फे्रन्सका माध्यमबाट पढाउन मिल्ने व्यवस्था गरेको छ ।

साथै काठमाडौंमा रहेको विश्वविद्यालयको सम्पर्क कार्यालयबाट पनि बिदेशी तथा स्वदेशी बिषय विज्ञ प्राध्यापकहरुले विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पढाउन मिल्ने व्यवस्था मिलाइएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए ।

नेपालका विश्वविद्यालयहरुमा खोज तथा अनुसन्धानका बिषयमा खासै ठूलो पहल र उपलब्धी नभइरहेको बेला विश्वका विभिन्न विश्वविद्यालयका विषय बिज्ञहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर अध्ययन र अध्यापन गराइने पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य संकायकी डिन प्रा. डा. शारदा थपलियाले वताइन् ।

विश्वविद्यालयले भारतका ४ वटा विश्वविद्यालयका प्रोफेसर डाक्टरहरु, क्यानडा, अस्टे्रलिया र अमेरीकामा रहेका कृषि तथा वनविज्ञान विश्वविद्यालयहरुसँग समन्वय गरेर ज्ञानको प्रसार र अनुसन्धान गर्ने योजना बनाएको छ ।

कसरी हुन्छ अध्ययन अध्यापन ?

कृषि तथा वनविज्ञान विश्वविद्यालयको वेबसाइटमा बिश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन गराउने प्राध्यापकहरुले आफ्नो बायोडाटासहित आफूले पढाउने विषय, खोज र अनुसन्धानको फाइन्डिङस् र त्यसको प्रभावकारीता के हुने भन्ने कुरा राख्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी आउने बिषय र त्यसको उपयोगीता विश्वविद्यालयको आवश्यकता हो कि होइन भन्नेबारे विश्वविद्यालयले तयार गरेको टिमले छनौट गर्ने छ ।

साथै विद्यार्थीहरुले समेत आवश्यक ठानेको र उपयोगी हुने बिषय छनौटका लागि अफर गर्न सक्ने व्यवस्था गरिएको कार्यक्रम कोअर्डिनेटर उपप्राध्यापक हिमाल लुईटेलले जानकारी दिए ।

छनौट कमिटीबाट छानिएको बिषय अध्ययनका लागि विद्यार्थीहरुले पनि वेबसाइट मार्फत नै इन्ट्री गर्नुपर्ने छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नेपालको सार्वजनिक विदाको दिन बाहेक मात्रै भिडियो कन्फ्रेन्सको कक्षाको व्यवस्था मिलाइएको छ ।

भिडियो कन्फ्रेन्समा ५० जनाभन्दा बढी विद्यार्थी राखिने छैन । यसले विश्वका बिभिन्न विश्वविद्यालयमा भैरहेका खोज र अनुन्सन्धान तथा कतिपय नयाँ-नयाँ ज्ञानहरुको प्रसार हुने विश्वास विश्वविद्यालयले लिएको कार्यक्रम कोअर्डिनेटर लुइटेलले विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment