Comments Add Comment

१५२ रुपैयाँ छ ? सेयर कारोबार गर्न जानुस् !

आजबाट बजारमा १ कित्ता सेयर पनि किनबेच हुने


२३ माघ, काठमाडौं । आइतबारबाट सेयर बजारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने भएको छ । अब लगानीकर्तासँग १५२ रुपैयाँ भएमा पनि सेयर किन्न जान सक्ने छन् । गत शुक्रवार सबैभन्दा सस्तो मुल्यमा (१५२ रुपैयाँमा) मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर कारोबार भइरहेको छ ।  यसअघि दोस्रो बजारमा एक पटकमा न्युनत्तम १० कित्ता सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था रहेको थियो ।  त्यस्तै १ देखि ९ कित्तासम्मको सेयर किनबेच अडलट कारोबारको रुपमा शुक्रवार मात्र गरिदै आएको थियो । प्रायः सेयर स्वामित्व हस्तान्तरणमा नमिलेका यस्ता कारोबार मात्र यो दिन हुने गरेको थियो । तर अब लगानीकर्ताले नियमित कारोबारमा १ कित्ता सेयरको समेत माग गरेर ब्रोकर कँहा किनबेच आदेश दिन सक्ने छन् ।

पहिलेजस्तो कागजी रुपमा रहेको सेयर कारोबार हुन बन्द भएको र डिम्याट सेयर (विद्युतीय अभिलेख अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै यस्तो व्यवस्था गरिएको हो । अहिले बजारमा सबैभन्दा महंगो युनिलिभर नेपालको सेयर मूल्य ३० हजारमाथी रहेको छ । यो कम्पनीको १० कित्ता सेयर किन्न पनि कम्तिमा लगानीकर्तासँग ३ लाख रुपैयाँ हुनै पर्दथ्यो । अब यो व्यवस्थापछि लगानीकर्ताले ३० हजार रुपैयाँ बोकेर गएमा पनि सेयर पाउन सक्ने अवस्था बन्ने छ ।

हुनतः अहिले बजारमा १०/१० कित्ता सेयर कारोबार गरेर पनि चलखेल गर्ने परिपाटी छ । यो सीमाभन्दा कम कित्ता शेयर कारोबार गर्ने सुविधाले बजार थप अस्थिर हुन सक्ने अनुमान पनि गरिएको छ । तर नेप्सेले यसमा कडाई गर्ने र मूल्य प्रभावित नहुने गरि यस्तो व्यवस्था मिलाइने जानकारी दिएको छ ।
अहिले सामुहिक लगानी कोषका इकाइ कारोबार गर्दा पनि न्युनतम १ सय इकाइ हुनै पर्ने प्रावधान छ । यसमा नेप्सेले भने हालसम्म सीमा घटाउने वा नघटाउनेमा कुनै सोच बनाएको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment