Comments Add Comment

आयोजनामा आधारित कर्जा प्रवाह गरिने

जग्गा, सवारी साधानमा जाने ऋण घटाउने

२४ माघ, काठमाडौं । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आयोजना कै आधारमा कर्जा (प्रोजेक्ट बेस लोन) दिन सकिने गरि तयारी भईरहेको जानकारी दिएका छन् ।

पैतृक सम्पत्ति धितो राखेर कर्जा दिने व्यवस्थाको कारण बैंकहरुले बढि जोखिम मोल्नुपर्ने अवस्था आएको बताउदै उनले बैंकिङ प्रणालीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार अघि बढाउन पनि प्रोजेक्ट बेसमा लोन प्रवाह गर्नुपर्ने अवस्था आएको बताए ।

नेपालमा कर्जा प्रवाह गर्दा धेरै जोखिम मोल्नु परेकाले त्यसमा पुनर्विचार गरेर अघि बढन बैंक तयार रहेको पनि डा. नेपालले स्पष्ट पारेका छन् ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा गर्भनर नेपालले यस्तो बताएका हुन् । गर्भनर नेपालले जग्गा, सवारी साधानमा जाने ऋणको दर नेपाल राष्ट्र बैकले घटाउँदै लैजाने प्रतिवद्धता पनि जनाएका छन् ।   भारतीय नोट सटहीको समस्या नेपाल भारत सरकारबीचको सहमतिबाट टुंगो लाग्ने पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment