Comments Add Comment

नेतागिरी मेरो औकात भन्दा बाहिरको कामः गोबिन्दा

मुम्बई । नब्बेको दशकका नम्बर वान अभिनेता गोबिन्दाले फिल्म आउनु अघि निर्माता/निर्देशकको नोकरसंग दोस्ती गरेर आफ्नो अभिनयको भिडियो क्यासेट निर्माता/निर्देशकसम्म पुर्‍याएका थिए ।

आगामी फिल्म ‘आ गया हिरो’ को सन्दर्भमा कुरा गर्दै गोबिन्दाले भने ‘अभिनय गर्नु अघि एकजना निर्माता वा निर्देशकलाई भेटन घन्टौं कुर्नु पथ्र्यो ।’

यहि कारण उनले निर्माता/निर्देशकको नोकर चाकरसँग दोस्ती बढाएपछि त्यहि शैलि उनको लागि सहज बन्यो । तीन दशक हिन्दी फिल्ममा सक्रिय गोबिन्दाले कुनै वेला एक महिनामा ४९ फिल्म साइन गरेका थिए । त्यति गर्दा पनि उनी खुसी हुन सकेनन् । त्यसो त बच्चाहरुको लागि खर्च धेरै चाहिने भन्दै श्रीमतिले पाएको काम सबै गर्न सुझाएकी थिइन् ।

निर्देशक सञ्जयलीला भन्सालीले देवदासमा चुन्नीलालको भुमिका उनैलाई दिएका थिए । उनले काम गरेनन् पछि उक्त भूमिका ज्याकी श्राफले निर्वाह गरे ।

ठूलो फिल्ममा सानो भुमिका निर्वाह गर्न उचित नलागेकाले देवदासमा चुन्निलालको भुमिका निर्वाह नगरेको उनको भनाई छ ।

बलिउडका केहि कलाकार राजनीतिमा प्रवेश गरेका छन् । गोबिन्दा पनि राजनीतिवाट अछुतो रहन सकेनन् । अहिले उनलाई लाग्न थालेको छ ‘गलत निर्णय गरेर राजनीतिमा लागेछु ।’

त्यसो त उनलाई उनका बुबाले भन्ने गरेका थिए ‘औकात भन्दा बाहिर गएर काम नगर्नु ।’ उनको बुझाईमा राजनितीज्ञ बन्नु उनको औकात भन्दा परको विषय थियो भने उनले त्यस किसिमको शिक्षा पनि लिएका थिएनन् । उनी राजनीतिमा लागेपछि उनको घरको शान्ति भंग भएको थियो । राजनिती गर्ने क्रममा केहि धम्कि आएका कारण उनले फिल्ममै केन्द्रित हुने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment