Comments Add Comment

अश्विनले तोडे लिलीको ३६ वर्ष पुरानो रेकर्ड

१ फागुन, काठमाडौं । भारतका स्पिन बलर आर अश्विनले मात्र ४५ टेष्टमा २५० विकेट लिएर नयाँ रेकर्ड बनाएका छन् ।

बंगलादेशविरुद्धको एक मात्र टेष्टको चौथो दिन उनले मुश्फिकर रहिमको विकेट लिए र, टेष्टमा सबैभन्दा कम म्याचमा २५० विकेट लिन क्रिकेटर बने ।

उनले अष्ट्रेलियाका डेनिस लिलीको ३६ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । लिलीले ४८ म्याचमा २५० विकेट लिएका थिए ।

यो खेल अघि अश्विनले २४८ विकेट लिएका थिए । हैदराबाद टेष्टको तेस्रो दिन उनले शकीब अल हसनको विकेट लिए ।

श्रीलंकाका मुथैया मुरलीधरनलाई २५० विकेटको आंकडा भेट्टाउन ५१ टेष्ट खेल्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment