Comments Add Comment

थाई नेपाली संघको अध्यक्षमा कुमार कार्की चयन

काठमाडौ । थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन् ।

नेपाल,थाइल्याण्ड र वर्मा लगायतका अन्य ठाउँमा जन्म भएका र नेपाली मुलका थाईल्याडमा वसोवास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कार्की पूर्व अध्यक्ष जयन्ती पाण्डेको प्रस्तावमा सर्वसम्वत अध्यक्षमा चयन भएका हुन् ।

संघमा दुई लाख नेपाली सदस्य रहेका छन् । थाइल्याण्डमा विभिन्न पेशा र व्यवसाय गरे वसेका नेपालीहरुले आˆनो हितका कार्य गर्नका लागि २०१० सालमा संघ गठन गरेका थिए । कार्कीको कार्यकाल दुई वर्षको हुने छ । प्रत्येक दुई वर्षमा सर्वसम्वत रुपमा नेतृत्व चुन्दै आएको संघले यसपटक कार्कीलाई चुनेको हो ।

संघले उपाध्यक्षमा चार जनाको नाम चयन गरेको छ । उपाध्यक्षहरुमा लक्ष्मण केसी, गोपाल लामा, ओम गौतम, घनश्याम खनाल चयन भएका छन् । महासचिवमा विश्व धिताल, मुख्य सचिवमा विनोद लामिछाने, सहसचिवमा सोमवात राई र दिपक पराजुली चयन भएका छन् ।

संघले आगामी कार्यकालका लागि एक कोषध्यक्ष र दुई निरिक्षक समेत चयन गरेको छ । संघको अधिवेशनले विभिन्न विभागिय प्रमुखहरुमा पनि जिम्मेवारी तोकेको छ । संघका लागि ११ सदस्य सल्लाहाकार पनि चयन भएको कार्कीले बताए ।

सर्वसम्वतले चुनिएपछि कुरा गर्दै कार्कीले आˆनो कार्यकालको मुख्य काम भनेको नेपालीहरुको धर्म, संस्कृतिको प्रचार गर्ने भएको बताए । वर्मा र म्यानमारमा रहेको नेपालीहरुलाई नेपालको परम्परा कायम राख्न सहयोग गर्ने, दुखमा परेका गैरआवसीय नेपालीहरुलाई सहयोग गर्ने काममा आफू केन्दि्रत हुने कार्कीले बताए ।

बर्मामा जन्मेका कार्की थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि व्यवसाय गरेर वसिरहेका छन् । संघले २०७२ सालको महाविनाशकारी भूकम्पको समयमा राहत, पून उद्दार र पूर्न निर्माणको काम गरेको थियो । संघकै पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्वर १२मा दलित माझीहरुका लागि ४८ घरधुरीको नमुना वस्ती निर्माणको गरेको थियो । भूकम्प गए लगत्तै संघले सिन्धुपाल्चोकमा पहिलो नमुना वस्ती निर्माण गरेको थियो । पून निर्माणको नेतृत्व कार्की आफैले नेपाल वसेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment