Comments Add Comment

मार्च ३० मा ‘सिड्नी फेसनिस्टा’, सनुपदेखि अश्रासम्मको प्रस्तुति

सिड्नी । असप इन्टरटेनमेन्टले अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाली कला, संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

कार्यक्रम सिड्नीको मराना अडिटोरियममा मार्च ३० मा हुनेछ ।

यसअघि ‘नेपाल मेनिया २०१८’ आयोजना गरेको असप इन्टरटेनमेन्टले अष्ट्रेलियामा तेस्रो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

‘सिड्नी फेसनिस्टा २०१९’ नाम दिइएको उक्त कार्यक्रमका लागि लोकप्रिय गायक तथा ‘द भोइस अफ नेपाल’का कोच सनुप पौडेलसमेत अष्ट्रेलिया आउँदैछन् ।

यस्तै द भोइसकै टप १६ प्रतियोगी एवं गायिका अश्रा कुँवर, नृत्यगंना एन्जल श्रेष्ठ र कर्पोरेट क्वीन विजेता शीतल थापा पनि कार्यक्रममा हुनेछन् ।

असपका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सन्तोष अधिकारीले अष्ट्रेलियामा रहेका नेपालीहरुको आग्रह अनुसार कार्यक्रम गर्न लागिएको बताए ।

‘विगतका कार्यक्रमबाट प्रभावित भएर फेरि गर्नुपर्यो भनेर अनुरोध आएकाले तेस्रो पटक गर्न लागेका छौं, आशा छ, धेरैले सहभागिता जनाएर कार्यक्रम सफल बनाइदिनु हुनेछ’, उनले भने ।

कार्यक्रमको कोरियाग्राफी फेसन आर्टिस्ट अर्चना शर्माले गर्दैछिन् भने कार्यक्रम सञ्चालनका लागि लोकप्रिय भिजे विवेक खतिवडा सिड्नी आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment