Comments Add Comment

अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

३ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कसैसँग सम्झौता नगरी काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कुनै सम्झौता नगर्न भनेका हुन् ।

सोमबार मात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।

गृहमन्त्री निधिले सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment