Comments Add Comment

किम जोङ उनका सौतेनी भाइको विष खुवाएर हत्या

४ फागुन, काठमाडौं । उत्तर कोरयाका नेता किम जोङ उनका सौतेनी भाइको मलेसियामा विष खुवाएर हत्या गरिएको छ । दक्षिण कोरियाले भने किम जोङ नमको हत्यामा उत्तर कोरियाकै संलग्नता हुन सक्ने दाबी गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सोमबार किम जोङ नमलाई विष खुवाएर हत्या गरिएको थियो । यसको उद्देश्य खुलेको छैन भने संलग्नहरुको पनि पहिचान हुन सकेको छैन ।

तर, दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति हृवांग क्यो अहले यदि यसमा उत्तर कोरियाको संलग्नता देखिए यसले उसको क्रुरता र अमानवीयताको स्वभाव देखाउने बताएका छन् ।

किम जोङ नम सामेबार क्वालालम्पुरबाट मकाउ उड्ने तयारीमा थिए । त्यही बेला उनीमाथि केमिकल अट्याक भएको हो ।

प्रहरीले एयरपोर्टमा राखिएको सुरक्षा क्यामराको फुटेजहरुको अध्ययन गरिरहेको छ, जसमा उनको आसपास दुई महिला देखिएका छन् । र, पछि उनीहरु दुबै ट्याक्सीमा गएका छन् ।

समाचारहरुमा जनाइए अनुसार किम जोङ नमलाई उत्तर कोरियाको एजेन्टले बिश दिएर मारेको अमेरिकी सरकारको सुत्रको दाबी छ । तर, हृवाइट हाउसले कुनै टिप्पणी गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment