Comments Add Comment

कांग्रेसले भन्योः वैशाखभित्रै स्थानीय चुनाव

फाइल तस्वीर

८ फागुन, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले वैशाखभित्रै स्थानीय निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

विकसित राजनीतिक परिस्थितिमा पार्टीले निर्बाह गर्ने भूमिकाको विषयमा आइतबार संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलपछि कांग्रेस स्थानीय निर्वाचन बैखाशभित्रै हुनुपर्ने निष्कर्षमा पुगेको हो ।

पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँगको छलफलले स्थानीय तह कि निकायको निर्वाचन भन्नेमा यकिन गरेको छैन । परराष्ट्रमन्त्री एवम् कांग्रेस नेता प्रकाशरण महतले स्थानीय निकाय कि तहको भन्नेमा अझै निश्चित नभए पनि कांग्रेसले बैशाखमा निर्वाचन हुनपर्ने निर्णय गरेको जानकारी दिए ।

स्थानीय तह पुनर्संचनाको विषय र संविधान संशोधनका विषयमा थप छलफल गरेर अघि बढ्न सकिने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment