Comments Add Comment

बुटवल क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, सूचना प्रबिधिका १ सय ४० स्टल दर्ता

१० फागुन, बुटवल । कम्प्युटर एशोसिएसन अफ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा हुने क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ ।

छैठौं संस्करणको इन्फोटेक बुटवल-१२ रामनगरस्थित बुटवल मण्डपमा फागुन १२ देखि १६ सम्म हुँदैछ । इन्फोटेकमा एक सय ४० स्टल दर्ता भैसकेका छन् । महासंघले अनलाइन प्रविधिबाट उपत्यका वाहिर पहिलो पटक वारकोडको प्रयोग गरी प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

प्राविधिक शिक्षा तथा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा प्रविधिको प्रयोग र सुरक्षालाई जोड दिइएको छ । मण्डपमा रंगरोगन, प्रचारप्रसार तथा आबश्यक स्टल तथा गेट निर्माण, टिकट छपाई लगायतका कामहरु सकिएको र तयारी अन्तिम चरणमा पुगेको क्यान रुपन्देहीका अध्यक्ष रोशन कँडेलले बताए ।

डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर’ नामक सूचना प्रविधि मेलामा करिब ५० लाख रुपैयां खर्च हुने इन्फोटेक २ लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विश्वमा भएका विकास तथा नया नयँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेलामा राष्ट्रिय-अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय ५० स्टल रहनेछन् ।

प्रदर्शनी क्षेत्रमा चारैतर्फ सिसि टिभी क्यामराबाट प्रदर्शनी स्थल लगायत सम्पूर्ण गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्ने क्यानका केन्दि्रय सदस्य नवराज कुंवरले जानकारी दिए ।

मेलामा विभिन्न ब्राण्डका कम्प्युटर, ल्यापटप, ईन्टरनेट सेवा प्रदायक कम्पनी, सˆटवेयर डेभलपर, मोबाइल, एसेसोरिज, लगायतका स्टलहरु सहभागी रहनेछन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट स्मार्ट सिटी, डिजिटल लुम्बिनी, स्मार्ट एगि्रकल्चर, स्मार्ट एजुकेसन, स्मार्ट हेल्थ आदि विषयमा कार्यपत्रहरु पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment