Comments Add Comment

यति डेभलपमेन्टको हकप्रद आउँदै, (कस्तो छ कम्पनी ?)

११ फागुन, काठमाडौं ।यति डेभलपमेन्ट बैंकले ५० प्रतिशत (६९ लाख ३१ हजार कित्ता) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हालको वित्तीय अवस्था र भविष्यको सम्भावना लगायत समष्ठिगत आधार हेरेर रेटिङ कम्पनी इक्रा नेपालले यो हकप्रदलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था आधारभुत पक्षभन्दा कमजोर हरेको संकेत गर्छ ।

सकारात्मक पक्ष

विगत पाँच वर्ष यता १५ प्रतिशतले लगानी वृद्धि (समग्र बिकास बैंकको यस्तो वृद्धिदर भने २१ प्रतिशत, सन् २०१६ मा भने यस बैंकको १० बाट ४० प्रतिशत वृद्धि)
पुँजी पर्याप्तता १३.२९
शाखा बिस्तारको योजनाले व्यवसाय वृद्धिमा सहयोग पुग्न सक्ने
जोखिममा देखिएका कर्जाको उठ्तीदरमा सुधार

नकारात्मक पक्ष

सम्पत्तीको गुणस्तर कमजोर (असोजसम्मको आधारमा अवधि सकिएर भुक्तानी नभएको कर्जा ४१ प्रतिशत, त्यस्तै खराब कर्जा ७.३ प्रतिशत)
कम लागतको निक्षेपको हिस्सा ४३ प्रतिशत (समग्र क्षेत्रको ५५ प्रतिशत रहेको)
पुँजी कोष लागत उच्च ५.६३ (समग्र क्षेत्रको ५.०१)
मध्यम खुद व्याज आम्दानी (औसत कुल सम्पत्तीको तुलनामा ३.५० प्रतिशत)
नेटवर्थमा प्रतिफल नकारात्मक तर सुधारोन्मुख (२७ प्रतिशत)

अन्य जानकारी

हकप्रद पछि चुक्ता पुँजी २ अर्ब ७ करोड पुग्ने
२०१३ मा यति फाइनान्स र भ्याली फाइनान्सबीच मर्जरबीच
एक व्यक्तिले धारण गरेको सेयर स्वामित्व अधिकत्तम ६.८५ प्रतिशतसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment