Comments Add Comment

ट्राफिकलाई यातायातको पत्र-२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू


१७ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।

२० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरसँग भने, ‘यसअघिको निर्देशन बमोजिम भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई भनेका छौं ।’

यसैबीच यातायात व्यवसायीहरुले २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् ।

यो पनि पढ्नुहोस् 

२० वर्षे थोत्रे गाडी खोज्दै हिँडेको टोलीकै अगाडि घ्याच्चै रोकियो ट्रक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment