+
+

स्ववियु चुनावको नयाँ मिति घोषणासँगै आरआरमा तनाव

चुनाव नमान्ने नेविसंघ र अखिल क्रान्तिकारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १२:३८

२० फागुन, काठमाडौं । आरआर क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेको छ । ३ बुँदे माग राख्दै नेवि संघ र क्रान्तिकारी प्रदर्शनमा उत्रिएपछि आरआर क्याम्पस परिसरमा तनाव बढेको छ ।

दुई विद्यार्थी संगठनले आफूहरुसँग छलफल नै नगरी निर्वाचन तालिका सार्वजनिक भएको भन्दै खारेज गर्न र संयुक्त छलफल गरेर नयाँ बनाउन माग गरेका छन् ।

साथै १८ गते हुन नसकेका सबै क्याम्पसमा देशभर चुनाव गर्नु पर्ने नेविसंघ र क्रान्तिकारीको माग छ । आरआरमा कर्फ्यू लगाइएको दाबी गर्दै उनीहरुले यस्तो अवस्थामा हुने चुनाव मान्य नहुने दुबै विद्यार्थी संगठनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?