+
+
Shares

पूर्वाञ्चल विश्वविद्यालयमा ८७६४ विद्यार्थी दीक्षीत

प्रधानमन्त्रीको प्रश्न- युवा विदेश हिँडेपछि देश कसले बनाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते ८:१५

२३ फागुन, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र १४९ वटा सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत्त ८ हजार ७ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आइतबार बिराटनगरमा उनीहरुलाई दीक्षान्त प्रमाणपत्र दिइएको हो ।

मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र संकाय तथा विज्ञान तथा प्रविधि संकायमा अध्ययनरत्त स्नातकेात्तर र स्नातक तहका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

विभिन्न संकायतर्फका स्नातकोत्तर तहका १ हजार ५ सय ६ जना र स्नातक तहका ७ हजार २ सय ५८ जना दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका क्रममा शैक्षिक वर्ष ०७१/०७२ मा विभिन्न संकायमा सर्वोत्तम हुने १८ जनालाई विभिन्न पदकद्वारा सम्मान गरियो । विश्वविद्यालयका लागि मोरङको गोठगाउँमा भवनसँगै आफ्नै शिक्षण अस्पताल निर्माण भएको भए पनि उचित जनशक्ति एव स्रोत्र साधनको अभावमा पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको छौन ।

आर्थिक समृद्धि युवा पुस्ताको काँधमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हाँक्ने बेला शिक्षित युवापुस्ताको काँधमा आएको बताएका छन् । उनले देशलाई सही दिशामा हाँक्न युवा त्यसमा पनि वौद्धिक जनशक्तिको खाँचो रहेको औंल्याए ।

पूर्वाञ्चल विश्व विद्यालय आठौं दीक्षान्त समारोहलाई आइतबार बिराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले इतिहास रातरात परिवर्तन नहुने भन्दै देश बनाउन छाडेर शिक्षित युवापुस्ता विदेश पलायन हुनु मुलुकका लागि नोक्सानी भएको बताए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले दीक्षित विद्यार्थीलाई प्रश्न गरे- ‘देश बनाउने तपाईँ युवा विदेश हिँडेपछि देश कसले बनाउँछ ?’

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल भए पनि नेपाल सरकारबाट प्राप्त हुने बजेटको सीमिततालाई चुनौैतीवीचको अवसरका रुपमा लिएर दक्ष जनशक्ति उत्पादन गर्ने कारखानामा बदल्न आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?