Comments Add Comment

एमा वाट्सनले वक्षस्थल देखाएपछि सामाजिक सञ्जालमा बहस

ह्यारी पोर्ट फिल्मसँग जोडिएकी अभिनेत्री एमा वाट्सनले एउटा पत्रिकामा आफ्नो वक्षस्थलको ठूलो हिस्सा देखाइदिएपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । ह्यारी पोर्टरमा उनले ‘हरमायनी’ को लोकप्रिय भूमिका निभाएकी छिन् ।

भ्यानिटी फेयर पत्रिकाको लागि गरेको फोटोसुटमा विवाद यो सुरु भएको छ कि महिलावादी वा नारी अधिकारवादी हुनुको मतलब के हो ?

रेडियो प्रस्तोता जुलिया हार्टले बि्रबरले टि्वटरमा लेखेकी छिन्, ‘उनी महिलाहरुलाई ‘सेक्सुअलाइज’ गरिएको गूनासो गर्छिन्, तर आफ्नो कामले उनी आफैलाईं सेक्सुअलाइज गरिरहेकी छिन् ।’

अब सवाल उठ्छ, के आफ्नो वक्ष प्रदर्शन गरेर पनि तपाईं महिलावादी हुन सक्नुहुन्छ ?

लैंगिक समानता र महिला अधिकारका लागि काम गर्ने फसेट सोसाइटीकी मुख्य कार्यकारी सेम स्मिदर्स भन्छिन्, ‘एमा वाट्सनले महिला र युवतीहरुका लागि हामी सबैलेभन्दा बढि गरेकी छिन् । मलाई लाग्छ कि उनको यो कार्यमा हामीले निन्दा गर्नु हुँदैन ।’

सेम भन्छिन्, ‘उनी एक सशक्त महिला हुन् जो एक सुन्दर तस्बिरका लागि पोज दिइरहेकी छिन् । उनको कुनै शोषण भइरहेको छैन, बल्कि उनलाई थाहा छ, उनी के गरिरहेकी छिन् । यो उनको शरीरको सदुपयोग हो ।’

बि्रटेनको च्यारिटी संस्था गर्लगाइडिङकी सदस्य भिक्टोरिया जेनकिंसनको भनाईमा यो फोटोसुटलाई लिएर एमा वाट्सनको क्षमतालाई बिर्साउने र महिला अधिकारका लागि उनले गरेका कामलाई नजरअन्दाज गर्ने कोशिष भइरहेको छ ।

उनले भनिन्, ‘यो सुटबाट न उनी गलत सावित हुन्छिन् न’ महिलावादीको रुपमा उनको कामको महत्व भट्छ ।’

तर वेस्ट इंग्ल्यान्ड यूनिभर्सिटीमा महिला अधिकारमाथि सोध गरिरहेकी डा. फिन म्याकको फरक मान्यता छ । उनको भनाइमा नारीवादको प्रवर्द्धनका लागि शरीरभन्दा आवाजको प्रयोग गरियो भने त्यो बढि प्रभावकारी हुन्छ ।

‘आजको संस्कृतिमा महिलाले गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको उनीहरुले कपडा लगाएरै आफ्नो आवाज उठाउन्,’ उनले भनिन् ।

एमा वाट्सनको फोटोसुटको विषयमा उनले भनिन्, ‘एक हलिउड सेबि्रटी आफ्नो वक्षको एक हिस्सा देखाइरहेकी छिन् र यो मेरोलागि ठूलो चिन्ताको विषय होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment