Comments Add Comment

नेपाल र भारतका अधिकारीको वार्ता सम्पन्न, कञ्चनपुर घटना छानबिन गर्ने सहमति

गौरीफन्टा नाकामा नेपाल र भारतका अधिकारीहरुको वार्ता

२७ फागुन, कैलाली । नेपाल र भारतका अधिकारीहरुबीच सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने र घटनाको छानबिन गर्ने सहमति भएको छ । एसएसबीको गोलीबाट नेपाली नागरिक मारिएपछि भएको समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल गर्ने सहमति पनि भएको छ ।

बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिका आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । कलभर्ट निर्माण गर्ने विषयमा भएको विवादले सीमा क्षेत्रमा तनाव भएपछि शुक्रबार नेपाल र भारतका अधिकारीहरुको संयुक्त बैठक कैलालीको गौरीफन्टा नाकामा बसेको थियो ।

दुई देशका अधिकारीहरुको वार्तामा भारतीय पक्षले आफूहरुले गोली नचलाएको दाबी दोहोर्‍याएको थियो ।

बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले हिजोको घटनालाई केन्द्रीय स्तरबाट विवाद मिलाउन पहल गरिने बताए । छानविन पछि गोली कसले चलाएको प्रष्ट हुने उनले बताए ।

वार्तापछि पत्रकारलाई जानकारी दिँदै भारतीय डिएम आकाश दीप

यसैगरी भारतीय डिएम आकाश दीपले दुबै देशमा शान्ति व्यवस्था कायम गर्न जोड दिइने बताए । उनले हिजोको घटनामा भारतीय पक्षबाट कसैले पनि गोली नचलाएको दाबी गरे ।

वार्तामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान बिभागका एसपीहरु क्रमशः अर्जुन चन्द, गणेश संग्रौला र योगेन्द्र केसी सहभागी थिए ।

त्यस्तै भारतीय तर्फबाट लखिमपुर खिरी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाश दीप, भारतीय एसएसबीका कमाण्डेट बीरेन्द्र सिंह सिन्धु र पलियाका भारतीय प्रहरी एसपी मनोज कुमार झा सहभागी थिए ।

सरकारले मृतक गोविन्द गौतमलाई शहिद घोषणा गर्नेर्, परिवारलाई १० लाख रुपैयाँ दिने, उनका बच्चाहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, उच्च सम्मानका साथ अन्त्येष्टि गर्ने, परिवारका एकजनालाई रोजगारको व्यवस्था मिलाउने घोषणा गरेसँगै नेकपा माओवादी केन्द्रले सात नम्बर प्रदेश बन्द लगायतका सबै कार्यक्रम फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment