आउँदो शुक्रबारबाट चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुँदैछ । ग्याङस्टार जनराको यो चलचित्रको ट्रेलरले राम्रै चर्चा पायो । बेल्जियममा खिचिएका आकर्षक दृश्यले चलचित्रलाई अझ बलियो बनाएको छ । साथमा, चलचित्रका मुख्य कलाकार यसको सशक्त पक्ष हो ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्लको साथमा अर्पण थापा, बर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । चलचित्रको एक गीतमा गायक सविन राइले आवाज दिएका छन् ।
चलचित्र रिलिजको केहि दिन अगाडि ‘रन अन गन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक राजको शब्द तथा संगीत रहेको गीतमा सविन राइले आवाज दिएका छन् । भिडियोमा चलचित्रका केहि दृश्यहरुलाई जोडिएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4