Comments Add Comment

पुनर्निर्माणमा अझै ५८८ अर्ब नपुग, तत्काल रकम जोहो गर्न निर्देशन

९ चैत, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि ५८८ अर्ब नपुग हुने देखिएको छ । भूकम्पपछि भएको दाता सम्मेलनमा करिव ३५० अर्बको प्रतिवद्धता आएको थियो ।

तर, प्रतिवद्धता अनुरुप सबै रकम प्राप्त हुन सकेको छैन । अधिकांश सम्झौता हुन नसकेको कारण प्राप्त हुने सम्भावना न्यून रहेको संसदको विकास समितिले जनाएको छ ।

जबकी पुनर्निर्माण सम्बन्धी पञ्चवर्षीय योजनाको खाकाले ९३८ अर्ब चाहिने देखाएको थियो । यस आधारमा अब पुनर्निर्माणका लागि ५८८ अर्व नपुग हुने देखिएको छ ।

तर, सरकारले हालसम्म उक्त रकमको जोहो गर्न नसकेको भन्दै विकास समितिले पुनर्निर्माण र पुनस्र्थापनाका लागि नपुग हुने रकम जोहो गर्न मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment