Comments Add Comment

माओवादी बैठकमा प्रधानमन्त्रीको आलोचना

फाइल तस्वीर

९ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नै स्थानीय निर्वाचनको वातावरण अझै बन्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचनको वातावरण अझै बन्न नसकेको भन्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका हुन् । नेताहरुले मधेसी मोर्चासहित वा रहित निर्वाचन भन्नेमा जनतामा अन्यौलता छाएको उल्लेख गर्दै त्यसमा प्रष्ट हुनेगरी कार्ययोजना अघि सार्न सुझाव दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेस केन्दि्रत दललाई निर्वाचनमा ल्याउन पहल भइरहेको बताए ।

केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनको वातावरण बनाउने गरी अघि बढन सरकारलाई सुझाव दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा दुई मुलुकबीचको आर्थिक विकासका लागि आवश्यक आधार तयार पार्न सुझाव पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment