Comments Add Comment

यशोदा लामा पनि गच्छदारको पार्टीमा, बन्यो उपेन्द्रको भन्दा ठूलो दल

२३ चैत, काठमाडौं । यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टी नेपालले पनि फोरम लोकतान्त्रिकसँग पार्टी एकता गर्ने भएको छ । फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको एकतामा लामा पनि सहभागी भएकी हुन् ।

यससँगै गच्छदारको पार्टीको पाँचौं ठूलो दल हुनेछ । फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको दुई र दलित जनजातिको एक सांसद गरेर गच्छदारको पार्टीको १७ सांसद हुनेछ ।

र, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पछि पार्नेछ । समाजवादी फोरमको संसदमा १५ सिट छ ।

एकतापछि नयाँ पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम हुनेछ र अध्यक्ष गच्छदार नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment