Comments Add Comment

कन्सर्टमार्फत ‘पर्पला’

२३ चैत, काठमाडौं । युवा लेखक मिलन संग्रौलाको ‘पर्पला’ उपन्यास बजारमा आएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा बुधबार आयोजित पर्पला कन्सर्टमा उपन्यास सार्वजनिक गरियो । निकै सांगीतिक माहौल रहेको कार्यक्रममा गायक सुगम पोखरेल तथा गायिकाहरु रेखा शाह र मिलन अमात्यले पुस्तक सार्वजनिक गरेका हुन् ।

लेखक सङ्ग्रौलाले अघिल्लो कृतिभन्दा माझिएको पुस्तक निकाल्ने चुनौतीका कारण तीन वर्षको प्रयासपछि बल्ल पर्पला तयार भएको बताए । उनले पहिलो कृति निकै रहर र हुटहुटीले लेखिने भए पनि त्यसपछिको पुस्तक लेखनमा धेरै कुरा विचार पुर्‍याउनुपर्ने भन्दै अनुभव सुनाएका थिए ।

यसअघि ‘च्याट गर्ल’ कथासङ्ग्रह प्रकाशनमा ल्याइसकेका सङ्ग्रौलाको यो दोस्रो कृति हो ।

पुस्तक सार्वजनिक गर्नुअघि तीनै जना गायक-गायिकाले कन्सर्टको माहौल प्रेममय बनाएका थिए । प्रेमको विषयमा लेखिएको उपन्यासलाई खुलाउने गरी सुगमले ‘म यस्तो गीत गाउँछु’, गाएर प्रेमको मादकता छरे भने मिलनले चर्चित गीत ‘गाला रातै’ सहित र नयाँ गीत सुनाएर कन्सर्टलाई थप रङ्गीन बनाइन् ।

नायिका रिमा विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा अर्की गायिका रेखाले चर्चित लोकभाकाको रिमेक ‘सिमसिमे पानीमा’ सहित दुई गीत पस्किइन् ।

पर्पला बुक-हिल पब्लिकेसनले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment