Comments Add Comment

वर्ल्डलिंकद्वारा उच्चगतियुक्त एक सय जीबीपीएसको नेटवर्क विस्तार सुरु


५ बैशाख, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (एफटीटीएच) नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ ।

कम्पनीले नेपालका मुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवातथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आइपीटीभी) प्रदान गर्ने लक्ष्य लिएको छ ।

हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखातथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आˆनो सेवा विस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारको लागि एउटा महत्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायी भूमिका खेलिरहेको कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदानगर्न लागेको २१ वर्ष पुगेको छ । इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ ।
प्रयोजनका निम्ति वर्ल्डलिंकले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक ‘१०० जीबीपिएस’भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ ।

हाल उपलब्ध प्रविधिहरूमध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पु’याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ ।

नोकिया (पहिले अल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमा विश्वबजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी हो । वर्ल्डलिंकले नेट टिभीसँगको सहकार्यमा ४०भन्दा बढी एचडी च्यानलसहितको गुणस्तरीय आइपी टिभी आइपी टिभी सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरक-फरक स्त्रिmनहरूमा पनि हेर्न सकिने गरी अरु ग्लोवल ओभर द टप कन्टेन्ट (ओटीटी) सेवाको विस्तार गरेको छ ।

विश्वस्तरीय साझेदारहरूसँगको सहकार्य सहितको थप लगानीले वर्ल्डलिंकका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपालीउपभोक्ताको पहुँचमा पुग्ने दावी कम्पनीको छ । वर्ल्डलिंक सबै दिनहरूमा नेपालअधिराज्य भरी विहान ६ बजेदेखि साँंझ७ बजेसम्म विशिष्ट ग्राहक सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा स्थापित भएको छ ।

ग्राहकसेवाका हिसाबले ग्राहक आफैंले लिइरहेको सेवाको अधिक उपयोग तथा व्यवस्थापन गर्न सक्ने वेव पोर्टल र मोबाइल एप्सहरूको व्यवस्था गरिरहेको छ, जसका माध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवा सुविधा लिन र यसका वारेमा जान्न सक्नेछन् ।

कम्पनीले नयाँबर्ष २०७४ सालको उल्लाससँगै हालको कम क्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निःशुल्क बृद्धि गर्दै नयाँ उच्चगतिका प्याकेजहरु पनि बजारमा ल्याउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment