Comments Add Comment

साफ महिला फुटबल : श्रीलंकाविरुद्ध यस्तो छ नेपालको रणनीति

६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले केहीबेर पछि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहिद रंगशालामा हुने खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । बंगलादेशविरुद्ध सुरुवाती एघारमा खेलेका खेलाडी नै आज मैदानमा उत्रिदै छन् । ४-४-२ को फर्मेसनमा नेपालले खेल्ने रणनीति बनाएको छ ।

स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार हो ।

नेपालले समूह ‘ए’ को विजेता बन्दा कुनै पनि गोल खाएको छैन । उदघाटन खेलमा भुटानमाथि ३-० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३-० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो ।

तर यता, श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५-० गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले नेपालविरुद्ध रक्षात्मक खेल खेल्ने छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापा उनीहरुको लागि टाउको दुखाइको विषय हो ।

नेपाली टिम

गोलकिपर- एञ्जिला सुब्बा

डिफेन्डर- हिरा भुजेल, पुनम जर्घामगर, गीता राना, मनमाया लिम्बु

मिडफिल्डर- अनिता बस्नेत, दीपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी

फरवार्ड- निरु थापा (कप्तान), सावित्रा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment