Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड क्याबिनेट बैठक रोकेर ओली निवासमा

बैठकअघि नै केपी ओलीसँग वार्ता

१० बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पूर्वनिर्धारित क्याबिनेट बैठक केहीबेरका लागि रोकेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोटतिर लागेका छन् ।

संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।

‘क्याबिनेट स्थगित भएको होइन,’ स्रोतले भन्यो, ‘बैठकअघि विपक्षी दलका नेतासँग छलफल गरेर सहमति जुटाउनुपर्ने भएकाले प्रधानमन्त्रीज्यु ओली निवासमा जानुभएको हो ।’

प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेका छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्य्र निधी पनि उपस्थित छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment