Comments Add Comment

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक शिलान्यास

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक शिलान्यास गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्री । तस्वीरः नेपाली सेना

११ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा समावेश बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकको सोमबार शिलान्यास भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोरखा जिल्लामा निर्माणाधीन सो सडकको शिलान्यास गरेका हुन् ।

सरकारले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक सरकारको पहिलो प्राथमिकतामा परेको छ ।

पश्चिम पृतनाको निरीक्षण

यसैबीच प्रधानसेनापति क्षेत्रले आजै कास्कीको विजयपुरस्थित पश्चिम पृतना हेडक्वाटर तथा त्यसअन्तर्गत कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित कालीजंग गणको निरीक्षण भ्रमण पनि गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले पृतना तथा गणको अपरेशनल रेडिनेस, तालिम लगायत बन्दोबस्तीका विविध पक्षहरुको स्थलगत निरिक्षण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएका छ ।

सोही अवसरमा प्रधानसेनापति क्षेत्रीले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हित रक्षार्थर् काम गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment