+
+

कट्रिना आइन् इन्स्टाग्राममा, पोष्ट गरिन् यस्तो फोटो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १५ गते १३:२३

अहिले फिल्मी कलाकारहरुलाई फ्यानहरुसँग जोडीने सबैभन्दा लोकप्रिय माध्यम बनेको छ सामाजिक सञ्जाल । तर, बलिउड अभिनेत्री कट्रिना कैफ लामो समयसम्म सामाजिक सञ्जालबाट टाढा रहिन् । आखिरमा उनको केही लागेन ।

फ्यानहरुको तीव्र दवावपछि वाध्य भएर उनले गत वर्ष फेसबुक अकाउन्ट खोलेकी थिइन् । यद्यपि त्यसमा उनी त्यति धेरै सक्रिय भइनन् । हालै मात्र कट्रिना अर्को सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रवेश गरेकी छिन् ।

उनले इन्स्टाग्राम अकाउन्ट खोल्दै बुधबार एउटा ताजा तस्वीर सेयर गरिन् । उनले लेखेकी छिन्, ‘नयाँ सुरुवात… खुशीको स्थानबाट आउँदैछु, हेल्लो इन्स्टाग्राम ।’ यसमा ४ लाखभन्दा बढिले लाइक गरेका छन् भने २१ हजारले कमेन्ट गरेका छन् ।

कैटरिना हाल सलमान खानका साथ फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त छिन् । उनले रणवीर कपुरसँग खेलेको फिल्म जग्गा जासुस अहिले प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?