Comments Add Comment

राप्रपाले बोलायो आकस्मिक बैठक


१७ बैशाख, काठमाडौं । सत्तारुढ राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यो बैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्नेबारे निर्णय गर्नेछ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको छ ।

महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।

यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ । यो बैठकले सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment