Comments Add Comment

वृद्ध आरोही मीनबहादुर शेरचनको निधन, कीर्तिमान फर्काउने सपना अधुरै

२३ बैशाख, काठमाडौं । पाको आरोहीको कीर्तिमानी र्फकउन सगरमाथा आरोहणमा गएका आरोही मीनबहादुर शेरचनको निधन भएको छ ।

८६ वर्षीय शेरचनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

उनी समिट ट्रेकबाट गएका थिए । शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि गएको थियो ।

शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए ।

तर, उनको कीर्तिमान जापानी नागरिक युचिरो मिउराले तोडे । अहिले उनी आफ्नो कीर्तिमान फेरि रक्षा गर्न सगरमाथा आरोहणमा गएका थिए तर, आधार शिविरमै उनको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment