Comments Add Comment

अक्षय र सोनमले ग्रहण गरे ‘राष्ट्रिय फिल्म पुरस्कार’


बलिउड नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’वाट नेशनल अवार्ड पाएका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अक्षयलाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरे ।

टीनु सुरेश देशाइ निर्देशित चलचित्र ‘रुस्तम’मा अक्षयले नेवी अफिसरको भुमिका निर्वाह गरेका छन् । सोही कार्यक्रममा चलचित्र ‘नीरजा’वाट सोनम कपुरलाई ‘स्पेशल मेशन अवार्ड’ दिइएको थियो । राम माधवानीको निर्देशनमा बनेको ‘निरजा’मा सोनमले एयर होस्टेज ‘निरजा’को भुमिका निर्वाह गरेकी छिन् । नेशनल अवार्डले राम्रो काम गर्ने प्रेरणा मिलेको भन्दै सोनमले अवार्डको श्रेय निर्देशकलाई दिइन् ।
|
उक्त समारोहमा निर्देशक विश्वनाथलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिएको थियो । अन्य विभिन्न भाषाभाषीमा बनेको चलचित्र र ति फिल्ममा काम गर्ने कलाकारलाई नेशनल अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment