२२ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए ।
तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँगको सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामा असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।
आफ्ना दूतको प्रयासपछि आफैं र भावी प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् ।
निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4