Comments Add Comment

जब आकासबाट एकसाथ बर्सियो १५ लाख बेलुन

हावामा उडिरहेको बेलुन निकै राम्रो लाग्छ । तर यदि उहीँ बेलुनले समस्याले लिएर आयो भने के होला ?

२७ सेप्टेम्बर १९८६ मा अमेरिकाको क्लिभलेन्ड सहरमा यस्तै भएको थियो । त्यहाँ विश्व किर्तिमान बनाउन तथा सामाजिक कार्यका लागि आर्थिक सहयोग जुटाउन भन्दै एकसाथ १५ लाख बेलुन आकाशमा छाडिएको थियो । तर परिणाम अर्कै निस्कियो ।
यसले गर्दा बेलुनको किर्तिमान राख्न खोज्ने आयोजक संस्थाले विभिन्न अभियोगमा मुद्दा खेप्नुपर्यो ।उक्त दिन यस्तो आँधी बेहेरी आयो कि सारा बेलुनहरु माथि आकाशमा उडिरहनुको साटो सबै जमिन र पानीमा खसे । स्थानीय ऐरी तालमा ठूलो संख्यामा बेलुन खसेर पानीको सतह नै छोपियो । ऐरी तालमा डुबेर दुई जना मानिस बेपत्ता भैरहेका थिए, तर बेलुनले पानी ढाकेपछि बेपत्ता मानिसहरुको उद्धार गर्न सकने हेलिकप्टरले ।

युनाइटेड अफ क्लेभलेन्ड नाम संस्थाका २५ सय स्व्यंसेवकले सुरुमा त २० लाख बेलुन छाड्ने योजना बनाएका थिए । तर मौसम खराब भएका कारण जम्मा १५ लाख बेलुन मात्र उडाएका थिए । १५ लाख बेलुन एकसाथ हावामा उडेर आकाशमा पुग्दा साँच्चीकै मनमोहक दृश्य बनेको थियो । मानिसहरु खुसीले ताली बजाइरहेका थिए । तर एक्कासी मौसम यति बिगि्रयो की सारा खेल खत्तम पारिदियो । आँधीबेहेरी चलेर मौसम चिसिएसँगै सबै बेलुन भुइँमा र्झन थाले । बेलुन विमानस्थल क्षेत्रमा पनि खसे र रनवे समेत बन्द गरियो ।

यो घटनापछि अमेरिकाले सबक सिक्यो र तत् पश्चात यस्ता कार्यक्रमहरुमा कडाई गरियो ।

अनेक मापदण्ड तथा परिस्थितिको विश्लेषण पछि मात्र विश्वकिर्तिमान कायम गर्न भन्दै गरिने यस्ता कार्यक्रमलाई अनुमति दिन थालियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment