Comments Add Comment

प्रिमियरमा अनलाइन प्रक्रियाबाट बिमा दाबी गर्न सकिने, एफपीओ प्रक्रियामा

 

२६ वैशाख, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले अनलाइन प्रक्रियाबाट बिमा दाबी गर्न सकिने व्यवस्था गर्दैछ । कम्पनीको २३ औं बार्षिकोत्सवमा दिइएको जानकारी अनुसार कम्पनीले कष्टमर क्लेम इन्फरमेशन पोर्टल सेवा सुरु गरेर यो सेवा दिने भएको हो ।

कम्पनीले गत आव अन्त्यमा कुल बिमा शुल्क रु. १ अर्व ४२ लाख आर्जन र खुद नाफा रु. १८ करोड ४७ लाख गरेको थियो । कम्पनीको हाल चुक्तापूँजी रु. ४४ करोड ८५ लाख रहेको छ । व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीले अधिकृत पूँजी रु. ७५ करोडलाई वृद्विगरी रु. २ अर्व र जारी पुँजीलाई रु. १ अर्व ५० करोड पुर्याउन ल्याएको छ ।
कम्पनीले ६ लाख ५९ हजार कित्ता सेयर एफपीओ जारी गर्न एनएमबी क्यापिटलसँग सम्झौता गरेर धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन दिएको छ । चालु आ. व. २०७३/७४ को तेश्रो त्रैमासिकको अन्तसम्ममा कम्पनीले रु. १ अर्व ७७ लाख बिमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment