Comments Add Comment

सामाजिक न्यायको माग गर्दै ताप्तेजुङका गुरागाई आमरण अनसनमा

२८ वैशाख, ताप्लेजुङ । सामाजिक न्यायको माग गर्दै ताप्लेजुङ फङ्लिङ नगरपालिकाका एक व्यक्ति आमरण अनसनमा बसेका छन् ।

फुङ्लिङ नगरपालिका-३ का नविन गुरागाई  अाफ्नाे पुख्र्यौली जमिनको मुल्याङ्कन नगरी साहुले हडपेको भन्दै बुधबारदेखि गुमेको जग्गामा आमरण अनसनमा सुरु गरेका हुन् ।

सोही स्थानका राम बरालसँग केही वर्ष पहिले नगद लेनदेनको क्रममा आफूले २ लाख लिएर पटकपटक गरी विश्वासको आधारमा कागज नगरी १ लाख ५० हजार दिए पनि नदिएको भन्दै अदालतमा मुद्दा हाली ७ रोपनि खेत हडपेको गुरागाईको गुनासो रहेको छ ।

बरालले अदालतमा मुद्दा हालेपछि आफ्नो वकिलले जिल्लाको सबै आफूले हेर्ने भन्दै आफूलाई जिल्ला आउनु नपर्ने आफै सबै गर्ने भनेर आˆनै वकिलले फसाएको उनले बताए । उनी व्यवसायको सिलसिलामा परिवारसहित काठमाडौं बस्दै आएका थिए ।

विपक्षि वकिल र साहु राम बरालले अनसनरत गुरागाईको धान खेती हुने सडक छेउको सात रोपनी जग्गाको मुल्याङ्कन कम देखाई स्थानीयसँग पनि सोही आधारको मुचुल्का बनाई अदालतमा पेश गरी आफूलाई फसाएको उनको दुखेसो रहेको छ ।

थोरै रकममानै आफूले सबै पुख्र्यौली  जमिन गुमाउन पुगेकाले अब समाजलेनै यसको निसाफ खोजिदिनु पर्ने उनको माग रहेको छ ।

उनले आफूसँग भएको पुख्र्यौली  जमिन पनि आˆनै वकिल सुजन दाहाल र राम सुवेदिको मिलेमतोमा साहु बरालले कब्जा गरेको साथै अन्य साहु पनि धेरै रहेकाले सो जग्गाको समाजलेनै मुल्याङ्कन गरी सबै साहुको ऋण तिरी आफू ऋणबाट मुक्त हुन चाहेको बताएका छन् ।

यता साहु राम बरालले आफुले कानुनि प्रकृया पूरा गरी जग्गा लिएकाले कानुन बाहेक आफू अरुको कुरा नमान्ने प्रतिकृया दिएका छन् ।

रविन भट्टराई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment