Comments Add Comment

गोरखामा शान्तिपूर्ण रुपमा मतदान हुँदै

 

३१ बैशाख, गोरखा । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गोरखामा अहिले शान्तिपूर्ण तवरले मतदन भइरहेको छ ।

बिहान सात बजेदेखि मतदान गर्ने भनिएपनि मतदाताहरु त्यसअघि नै मतदानस्थल पुगेर लाइन लागेका थिए ।

दुइ सय १३ मतदान स्थल र दुइ सय ६० मतदान केन्द्र रहेको जिल्लाको सबै केन्द्रमा मतदान सुरु भइसकेको छ । उत्तरी क्षेत्रका केही मतदान केन्द्रमा भने निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको थियो ।

केही मतदान स्थलमा क र ख गरी दुइ मतदान केन्ऽ रहेका छन् भने केही स्थलमा एउटा मात्र मतदान केन्द्र रहेको मूख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

सबै केन्द्रमा बिहान सात बजेबाट मतदान सुरु भइसकेको छ । मतदाताहरु उत्साहित हुदै मतदानमा सहभागी हुने क्रम जारी छ । मतदान केन्द्रमा बृद्धबृद्धा र अशक्तहरुका लागी लाइन बस्न नपर्नैै गरी छुट्टै व्यवस्था मिलाइएको छ ।

जिल्लामा एक लाख ६९ हजार ४६ मतदाता रहेका छन् । जसमध्य ८१ हजार ६ सय २१ पुरुष, ८७ हजार ४ सय २४ महिला र एक जना तेस्रो लिंगी रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मतदान केन्द्रहरु मध्य ६८ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको स्थानीय प्रशासनले जनाएको छ । २ सय ६० मतदान केन्द्र मध्ये ६८ अतिसंवेदनशील १ सय ३३ संवेदनशील र १२ वटा केन्द्र सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बताए ।

केन्द्रको सुरक्षा चुनौती हरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ बस्नेतले बताए । मतदान साँझ पाँच बजेसम्म हुने छ ।

साम्दोमा दुर्इ मत खस्न बाँकी

७१ जना मतदाता रहेको चुमनुव्री गाउँपालिकाको वडा नम्वर १ साम्दो प्रावि मतदान केन्द्रमा ६९ जनाले मतदान गरिसकेका छन् ।

भट्टरार्इले मतदान गरे

यता नयाँ शक्ति नेपालका संयोजक डां बाबुराम भट्टराइले भने मतदान गरेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्वर १ को अन्नपूर्ण मावि केन्द्रबाट उनले मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment